आज:  | Tue, 21, Apr, 2026

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

Avatar photo दिशा निर्देश २८ आश्विन २०८२, मंगलवार १५:३५ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उक्त बैठक सिंहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको थियो।

मुख्यमन्त्रीले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका छन्।

बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाइएको र चरित्रहत्या गर्ने प्रयाससम्म भएको गुनासो गरे।

सिंहले आफ्नो कार्यकालमा ७१.४८ प्रतिशत बजेट खर्च गरी मधेस प्रदेशको इतिहासमै सबैभन्दा बढी खर्चको रेकर्ड राखेको दाबी गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्र अन्त्य गर्न हरसम्भव प्रयास गरेको बताए।

उनले भने, “मैले जिम्मेवारी सम्हालेको अवधिभर प्रदेशको विकास, सुशासन र पारदर्शिताका लागि काम गरेको छु। गलत आरोप र राजनीतिक चलखेलका बाबजुद म मधेसका जनताको पक्षमा उभिएको छु।


सम्बन्धित खबरहरु