आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य कीर्तिमानी उचाइमा, चाँदीको मूल्य पनि बढ्यो

Avatar photo दिशा निर्देश २८ आश्विन २०८२, मंगलवार ११:२० मा प्रकाशित (६ महिना अघि)

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड तोकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले वृद्धि हुँदै कीर्तिमानी उचाइमा पुगेको हो। हाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनको मूल्य सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ थियो। त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित खबरहरु