काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक आज सार्वजनिक हुन लागेका छन्।
भदौ २४ गतेदेखि सार्वजनिक रूपमा नदेखिएका देउवा आज दिउँसोबाट सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक हुने भएका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार, सभापति देउवा बैठकमा उपस्थित हुनेछन्।
“केन्द्रीय कार्यसमिति बैठकमा सभापति ज्यू जानुहुन्छ,” विश्वकर्माले सेतोपाटीलाई बताए।
त्यसैगरी, पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि बैठक सभापति देउवाले नै सञ्चालन गर्ने जानकारी दिएका छन्।
उल्लेखनीय छ, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आक्रमण गर्दा देउवा र उनकी पत्नी आरजु राणामाथि कुटपिट भएको थियो।
प्रदर्शनकारीहरूले घरमा आगजनी समेत गरेका थिए, जसमा देउवाको टाउकोमा चोट लागी १२ वटा टाँका लगाउनुपरेको थियो। त्यसयता उनी उपचाररत थिए।
आजको बैठकसँगै देउवा दुई महिनापछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्न लागेका हुन्।
