काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ले शनिबार राजधानीमा गर्न लागेको मोटरसाइकल र्याली स्थगित भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सुरक्षा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि किसिमका र्याली, जुलुस, धर्ना, सभा वा प्रदर्शन कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा जटिलता उत्पन्न हुन जाने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।”
राष्ट्रिय युवा संघ नेपालले शनिबार दिउँसो १ बजे तिनकुनेमा भेला भई मोटरसाइकल र्याली गर्ने घोषणा गरेको थियो। तर प्रशासनको अनुमति नदिने निर्णयपछि संघको उक्त र्याली प्रभावित भएको छ।
