आज:  | Tue, 21, Apr, 2026

सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घट्यो

Avatar photo दिशा निर्देश २४ आश्विन २०८२, शुक्रबार १०:५२ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार सोही सुन तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च हो।


सम्बन्धित खबरहरु