काठमाडौं । लगातार बढ्दै गएको सुनको भाउ आज फेरि कीर्तिमान तोड्दै ऐतिहासिक उच्चस्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको मूल्य एक हजार दुई सय रुपैयाँले वृद्धि भई दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ।
हिजो मात्र सुन तोलाको मूल्य दुई लाख ३८ हजार रुपैयाँ थियो। यसअघि पनि सोमबार र बुधबार लगातार दुई दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि उच्च स्तरमा पुगेको छ। महासङ्घका अनुसार चाँदी एकैदिन ६५ रुपैयाँले बढेर तोलाको तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
लगातार बढ्दो सुन–चाँदीको मूल्यले बजारमा लगानीकर्ताहरूको चासो बढाउँदै गर्दा आम उपभोक्ता भने मूल्यवृद्धिबाट प्रभावित भएका छन्।
