आज:  | Tue, 21, Apr, 2026

मधेश प्रदेशमा सत्ता परिवर्तन निश्चित : कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने तयारी

Avatar photo दिशा निर्देश २३ आश्विन २०८२, बिहीबार ०९:४६ मा प्रकाशित (६ महिना अघि)

जनकपुर । मधेश प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री पाउने पक्का भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टीसहितका दलहरूले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।

तीन दलले संयुक्त रूपमा ५८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरेका छन्। यसअघि आजै नेकपा एमालेले वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ, भने नेपाली कांग्रेसले केही दिनअघि नै समर्थन फिर्ता लिइसकेको थियो।

दुई ठूला दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री सिंहको सरकार अल्पमतमा परेको छ। त्यसैले उनले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने घोषणा गरे पनि बहुमत जुटाउने सम्भावना अत्यन्तै न्यून देखिन्छ।

यसबीच, कांग्रेस, एमाले र जनमतको गठबन्धनले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत (५४) भन्दा बढी संख्यामा समर्थन जुटाइसकेका छन्। अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

मधेश प्रदेशमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठन हुने लगभग निश्चित बनेको छ।


सम्बन्धित खबरहरु