आज:  | Tue, 21, Apr, 2026

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको दुई लाख ३८ हजार पुग्यो

Avatar photo दिशा निर्देश २२ आश्विन २०८२, बुधबार ११:५१ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । देशभर आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो ।

हिजोको तुलनामा आज प्रतितोला दुई हजार ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य दुई लाख ३५ हजार चार सय रुपैयाँ थियो ।

सुनको भाउ लगातार बढिरहेको बेला आजको वृद्धि ऐतिहासिक मानिएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि नेपाली बजारमा समेत त्यसको प्रभाव परेको हो ।

उता, आज चाँदीको मूल्य भने केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य दुई हजार ९६० रुपैयाँ थियो ।


सम्बन्धित खबरहरु