काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुनको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ रहेको थियो। लगातार मूल्यवृद्धिसँगै सुनले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको महासंघले जनाएको छ।
यस्तै, चाँदी भने अघिल्लो दिनकै दरमा कारोबार भइरहेको छ। प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ।
महासंघका अनुसार सुन र चाँदी दुबैको यो मूल्य हालसम्मकै उच्च मानिएको हो।
