आज:  | Tue, 21, Apr, 2026

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन, आयोगले कार्यतालिका सार्वजनिक गर्‍यो

Avatar photo दिशा निर्देश २० आश्विन २०८२, सोमबार १८:४६ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सम्पूर्ण प्रक्रिया निर्धारित समयमा सञ्चालन हुने छन्।

कार्यतालिकाअनुसार राजनीतिक दल दर्ता मङ्सिर १ गतेदेखि १० गतेसम्म हुने व्यवस्था गरिएको छ। पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले नयाँ दल दर्तादेखि उम्मेदवारी दर्ता, प्रचारप्रसारदेखि मतगणनासम्मका सबै चरण समेटिएको पूर्ण कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन प्रचारप्रसारका लागि फागुन ३ गतेदेखि १८ गतेसम्मको समय निर्धारण गरिएको छ भने फागुन १८ गतेपछि ‘निषेध अवधि’ लागू हुनेछ।

निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी तत्काल मतगणना सुरु गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने पुस १८ र १९ गते बन्दसूची (closed list) पेस गर्ने कार्यक्रम तय गरिएको छ।


सम्बन्धित खबरहरु