आज:  | Tue, 21, Apr, 2026

युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन

Avatar photo दिशा निर्देश १४ आश्विन २०८२, मंगलवार १५:१३ मा प्रकाशित (६ महिना अघि)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

मंगलबार संघका अध्यक्ष क्षितिज थेवेले विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरिएको खण्डमा सैह्य नहुने चेतावनी दिएका छन्। उनले सरकारको कदम प्रतिशोधमुखी देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्तिको विरोध गर्ने पनि बताए।

यसअघि आइतबार जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो।


सम्बन्धित खबरहरु