आज:  | Tue, 21, Apr, 2026

विद्युत् प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता बुझाउन कात्तिक १७ सम्मको समय

Avatar photo दिशा निर्देश १२ आश्विन २०८२, आईतवार ११:०० मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर भुक्तानी नगरेका उद्योगीलाई आउँदो कात्तिक १७ सम्म बक्यौता बुझाउन समय दिएको छ ।

प्राधिकरणले २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महसुल अनिवार्य रूपमा भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २८ महिनाको बक्यौता मासिक २८ किस्तामा बुझाउने उद्योगीलाई सोही अनुसार सुविधा दिने निर्णय गरेको छ । यसका लागि तोकिएको प्रक्रियामा उद्योगीहरूलाई आउन पनि भनिएको छ ।

यसअघि प्रशासकीय पुनरावलोकनका लागि तोकिएको म्याद खारेज गरिएको प्राधिकरणले जनाएको छ । तोकिएको समयमा भुक्तानी नगरेमा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।


सम्बन्धित खबरहरु