काठमाडौँ । एक साताको अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साताको अन्त्यमा (असोज ९ गते, शुक्रबार) बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो।
यस अवधिमा सुनको मूल्यमा उतारचढाव देखिए पनि असोज ८ गते हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ कायम भएको थियो। त्यसपछि भोलिपल्ट २ लाख २१ हजार ३०० मा झरे पनि शुक्रबार पुनः २ लाख २२ हजार ५०० पुगेर साताको कारोबार रोकिएको हो।
साताभर चाँदीको मूल्य पनि बढ्यो। असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदी असोज ९ गते हालसम्मकै उच्च २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यस आधारमा एक सातामै चाँदी तोलामा १६० रुपैयाँले बढेको छ।
