वीरगञ्ज। नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाले शुक्रबार दुर्गा पूजा सेवा समितिको पूजा पण्डाल, रानीघाटमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको छ।
शिविरमा १५० भन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि सेवाको लाभ लिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले अध्यक्षता गरेका थिए। उनले समुदायको स्वास्थ्य र सजगता वृद्धिका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भन्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका–९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता रहेका थिए। डा. श्याम बाबु पटेल, दिनानाथ रौनियार, डा. प्रयांश तिमल्सेना, डा. पृथ्वी चौरसिया, डा. प्रशान्त साह, डा. मौशम गुप्ता र डा. निशा सिंह लगायतको उपस्थिति थियो।
शिविरलाई सफल बनाउन वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर त्रिमूर्ति चौक, वीरगञ्ज महानगरपालिका वडा नं–९ कार्यालय, यशोदा ज्वेलर्स, न्यू भवानी अफसेट प्रेस रानीघाट र दुर्गा पूजा सेवा समितिले सहयोग गरेका थिए। कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले गरेका थिए।
