आज:  | Tue, 21, Apr, 2026

अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना तथा प्रसारण विभागमै

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १९:०२ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रसारण विभागमार्फत हुने व्यवस्था मिलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमार्फत नभई सूचना तथा प्रसारण विभागमै हुने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकिएको छ ।

यसअघि सरकारले केही ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्था गरेको थियो । तर बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त व्यवस्था खारेज गर्दै पूर्ववत् रूपमा सूचना विभागमै दर्ता हुने व्यवस्था यथावत् कायम गरेको हो ।


सम्बन्धित खबरहरु