आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज भन्सारमा १७९ चारपाङ्ग्रे गाडी थन्किए

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार ०९:३९ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा एक सय ७९ चारपाङ्ग्रे गाडी थन्किएका छन्। भन्सार जाँचपास नपाएर ती गाडी रोकिएका हुन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार एकीकृत जाँचचौकीमा ७५ वटा र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ वटा गाडी भन्सार जाँचपासको प्रक्रियामा रहेका छन्।

उनका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा गाडीको जाँचपास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका गाडीहरू पनि आवश्यक प्रक्रिया पूरा गर्दैछन्।

भन्सार कार्यालयका तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिनामा मात्र वीरगञ्ज नाका हुँदै सात अर्ब १६ लाख रुपैयाँ बराबरका गाडी तथा पार्टपुर्जा आयात भएका छन्।


सम्बन्धित खबरहरु