आज:  | Tue, 21, Apr, 2026

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

Avatar photo दिशा निर्देश ८ आश्विन २०८२, बुधबार ११:०९ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । अर्थ मन्त्रालयले खर्च कटौती र मितव्ययिता कायम राख्ने उद्देश्यसहित जारी गरेको विज्ञप्तिमा आयोग खारेज गर्ने निर्णयको जानकारी दिइएको छ ।

केपी ओली नेतृत्वको सरकारले गत वर्षको कात्तिकमा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने लक्ष्यका साथ आयोग गठन गरेको थियो ।

यसअघि पनि विभिन्न सरकारले भूमिहीन, दलित र सुकुम्बासीलाई भूमि उपलब्ध गराउने उद्देश्यले आयोग गठन र पुनर्गठन गर्ने काम गर्दै आएका थिए । तर भूमि सम्बन्धी समस्या अहिलेसम्म पनि जस्ताको तस्तै रहेको छ ।


सम्बन्धित खबरहरु