आज:  | Tue, 21, Apr, 2026

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च

Avatar photo दिशा निर्देश ८ आश्विन २०८२, बुधबार १०:५८ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार तोलामा २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँमा पुगेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।


सम्बन्धित खबरहरु