आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा जेनजी आन्दोलनको क्रममा जलेकी हजाराको उपचारका क्रममा मृत्यु

Avatar photo दिशा निर्देश ७ आश्विन २०८२, मंगलवार ११:१८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । जेनजी आन्दोलनको क्रममा आगलागीमा परेर गम्भीर घाइते भएकी पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया सुशीला हजाराको उपचारका क्रममा मृत्यु भएको छ।

गत भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको वीरगञ्जस्थित घरमा प्रदर्शनकारीले आगजनी गर्दा त्यहाँ काम गर्दै आएकी हजाराको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनलाई तत्काल नेशनल मेडिकल कलेज वीरगञ्जमा भर्ना गरिएको थियो। तर स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा लगिएकोमा असोज ६ गते उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

सोही घटनामा घरमै काम गर्ने अर्को व्यक्ति, भारत बिहारको सुगौलीका १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ९० प्रतिशत जलेको भए पनि अहिले किर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अवस्था केही सुधार भइरहेको पर्सा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।


सम्बन्धित खबरहरु