काठमाडौँ । सुनको मूल्य लगातार बढिरहेको छ । मंगलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघ्दै हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार मात्र सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै सुनको मूल्य मंगलबार प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् सोमबार सोही मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
यसअघि सोमबार कायम भएको मूल्य नै रेकर्ड मानिएकोमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला २ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको छ ।
