आज:  | Wed, 22, Apr, 2026

मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न महावीर पुनको आग्रह

Avatar photo दिशा निर्देश ६ आश्विन २०८२, सोमबार ०८:३९ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा प्रख्यात वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न लागेका छन्। रोजगारी सिर्जना, आविष्कार र नवप्रवर्तनका क्षेत्रमा देखाएका उल्लेखनीय कामका कारण पुन पहिल्यैदेखि परिचित नाम हुन्।

मन्त्री बन्ने सिफारिस भएपछि पुनले परम्परागत बधाई र सम्मानको संस्कारलाई निरुत्साहित गर्दै सिधा काममा ध्यान दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेका छन्
“मलाई फोन गरेर ‘बधाई छ’ भन्नु पर्दैन, न त खादा वा माला लिएर भेट्न आउनुहोस्। बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाइदिनुहोस्।

त्यसैगरी उनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगरिदिन अनुरोध गर्दै व्यंग्यात्मक शैलीमा भनेका छन्
“यदि कसैलाई अनिवार्य रूपमा मन्त्री भन्नै मन लाग्छ भने मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस्।


सम्बन्धित खबरहरु