आज:  | Wed, 22, Apr, 2026

संसदबाट विश्वासको मत नपाए मात्र पद त्याग्छु : मुख्यमन्त्री सिंह

Avatar photo दिशा निर्देश ३ आश्विन २०८२, शुक्रबार १४:३१ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर आफूलाई राजीनामाका लागि बाध्य बनाउन नसक्ने स्पष्ट पारे।

मुख्यमन्त्री सिंहले भने, “म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु। केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ। म सदन सामना गर्न तयार छु। संसदबाट विश्वासको मत पाउन नसकेमात्र पद छोड्छु।”

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेको सम्पत्तिलाई आफ्नो कारणले क्षति नगरोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको स्मरण गर्दै अहिले भने आफू दृढतापूर्वक पदमा रहेको उनले बताए।

उनले दुई दिनको आन्दोलनमा भएको भौतिक संरचनाको क्षति दस वर्षे माओवादी जनयुद्धको भन्दा ठूलो भएको उल्लेख गर्दै, मधेसी जनताले आफ्ना बलिदानबाट प्राप्त संघीयतालाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए।


सम्बन्धित खबरहरु