वीरगञ्ज । नेपाल प्रहरीका ९० जना डिएसपी (उपरीक्षक) हरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको निर्णयअनुसार विभिन्न जिल्ला र वृत्तमा नयाँ प्रमुख खटाइएका हुन्।
इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ।
प्युठानमा नरहरि अधिकारी, प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरा र प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ। यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्रबहादुर डम्बरपाल र दार्चुलामा गौरव महतलाई सरुवा गरिएको छ।
सङ्खुवासभामा कुमारप्रसाद मैनालीलाई इन्चार्ज बनाइएको छ भने पाँचथरमा अनिश कर्णलाई खटाइएको छ।
