आज:  | Tue, 21, Apr, 2026

प्रहरी प्रधान कार्यालयले ४८ एसपीको सरुवा, पर्सामा सुदिपराज पाठक आउने 

Avatar photo दिशा निर्देश १ आश्विन २०८२, बुधबार २२:४२ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी अधिकृत (एसपी) को सरुवा गरेको छ। सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्।

पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे, भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

त्यस्तै, कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ र पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।


सम्बन्धित खबरहरु