आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पतालमा गुडविल सोसाइटीद्वारा बिरामी र कुरुवालाई निशुल्क खाना वितरण

Avatar photo दिशा निर्देश १ आश्विन २०८२, बुधबार २१:३८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । उपचारका क्रममा अस्पतालमा बस्ने बिरामी र दिनरात स्याहार–सुसारमा खटिने कुरुवाहरूलाई सहज बनाउने उद्देश्यले गुडविल सोसाइटीले वीरगञ्जस्थित नारायणी अस्पतालमा २०० प्याकेट खाना वितरण गरेको छ।

संस्थाका अध्यक्ष अरबाज आलमको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्वयंसेवकहरूले आफ्नै हातले खाना बाँड्दा धेरै बिरामी र कुरुवाहरूको अनुहारमा खुसी झल्किएको देखिन्थ्यो। कतिपयले “यति बेला सानो सहयोग पनि ठूलो सहारा बन्ने रहेछ” भन्दै धन्यवाद व्यक्त गरे।

कार्यक्रमका अवसरमा अध्यक्ष आलमले भने, “हामीलाई थाहा छ, अस्पतालमा बस्नु आफैंमा पीडादायी हुन्छ। यस्तो बेला बिरामी र कुरुवालाई सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ। हाम्रो उद्देश्य उनीहरूको पीडामा थोरै भए पनि साथ दिने हो।”

खाना वितरणमा अस्पताल व्यवस्थापन समितिको समेत सहयोग रहेको थियो। गुडविल सोसाइटीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा यस्ता मानवीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको र भविष्यमा अझ विस्तार गर्ने प्रतिवद्धता जनाएको छ।


सम्बन्धित खबरहरु