आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ फेरि कीर्तिमान, तोलाको २ लाख १७ हजार नाघ्यो

Avatar photo दिशा निर्देश ३१ भाद्र २०८२, मंगलवार ११:१६ मा प्रकाशित (७ महिना अघि)

काठमाण्डौ । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । गएको शुक्रवार तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँ थियो ।

सुनको भाउ उच्च रहेको दिन गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ मात्रै थियो ।

 


सम्बन्धित खबरहरु