आज:  | Wed, 22, Apr, 2026

अर्थमन्त्री बन्ने डा. रामेश्वर खनालको घोषणा– पीएसओ र गाडी सुविधा नलिने

Avatar photo दिशा निर्देश ३० भाद्र २०८२, सोमबार १०:३४ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थमन्त्री बनाउन लागेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।

बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत सुविधा नलिने शर्त राख्दै मात्र मन्त्री पद स्वीकार गरेका हुन्।

स्रोतका अनुसार, खनालले भनेका छन्, “तलबबाहेक अरू कुनै पनि सुविधा लिँदिनँ, नामको अगाडि ‘माननीय’ लेख्न पाइँदैन भन्ने मेरो शर्त हो। त्यसमा असहमति हुने ठाउँ छैन।”

खनालले यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सुविधा नलिएको स्मरण गरिएको छ।

सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा समेत रहेका थिए। इमान्दार र सिद्धान्तमा अडिग व्यक्तित्वका रूपमा चिनिने उनी पूर्वअर्थसचिवसमेत हुन्।


सम्बन्धित खबरहरु