आज:  | Wed, 22, Apr, 2026

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला महान्यायाधिवक्ता

Avatar photo दिशा निर्देश २९ भाद्र २०८२, आईतवार १९:०२ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले नियुक्त गरेकी भण्डारी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।

सबिता भण्डारी नेपालको इतिहासमै पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन्। यसअघि महान्यायाधिवक्ता केशव बडालले राजीनामा दिएका थिए। सो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन्।

त्यस्तै, प्रधानमन्त्री कार्कीले आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। आइतबार बिहानदेखि नै उनले सम्भावित मन्त्रीहरूसँग छलफललाई तीव्रता दिएकी छन्।

नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीले शपथ लिएको केही समयमै प्रतिनिधिसभा विघटन गरिएको छ। आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भइसकेको छ।


सम्बन्धित खबरहरु