आज:  | Tue, 21, Apr, 2026

एनएमबी बैंकको संस्थापक सेयर बिक्री खुला

Avatar photo दिशा निर्देश २२ भाद्र २०८२, आईतवार ०९:४९ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं। एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको छ।

उक्त सेयरमा जोकोही व्यक्ति, संस्था वा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। बैंकले पहिले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदको आह्वान गरेको थियो।

तर उक्त समयमा आवेदन नपरेपछि अब सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। इच्छुक व्यक्तिले आगामी ७ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।


सम्बन्धित खबरहरु