आज:  | Tue, 21, Apr, 2026

झुम्का कारागारमा भाइरल सङ्क्रमण, तीन कैदीबन्दीको मृत्यु

Avatar photo दिशा निर्देश १९ भाद्र २०८२, बिहीबार ११:५६ मा प्रकाशित (७ महिना अघि)

काठमाण्डौ । सुनसरीको इनरुवास्थित झुम्का कारागारमा भाइरल सङ्क्रमण फैलिएको छ। सोही क्रममा दीर्घरोगबाट पीडित तीन जना कैदीबन्दीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने लक्षण देखिएपछि उपचारका क्रममा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राईको ज्यान गएको हो।

डीएसपी योगेश खतिवडाले बाहिर हल्ला भएजस्तो कारागारमा ठूलो महामारी भने नरहेको स्पष्ट पारे। उनका अनुसार करिब १ हजार ७ सय कैदीबन्दी रहेको कारागारमा ३/४ दिन अघिदेखि सङ्क्रमण देखिएको हो।

हिजो मात्रै ३५३ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये १३ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु