आज:  | Tue, 21, Apr, 2026

एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

Avatar photo दिशा निर्देश १९ भाद्र २०८२, बिहीबार ११:५३ मा प्रकाशित (७ महिना अघि)

काठमाण्डौ । एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ रहेकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।

 


सम्बन्धित खबरहरु