जनकपुर । मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा फेरि विनोद यादव चयन भएका छन्।
जनकपुरधाममा आइतबार सम्पन्न फोरमको दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। यसअघि पनि यादव नै अध्यक्ष रहँदै आएका थिए।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा संजीव कुमार यादव, चुनचुन प्रसाद यादव र बबिता यादव रहेका छन्। त्यस्तै, महासचिवमा भगिरथ चौधरी, सचिवमा शशीकान्त प्रसाद र कोषाध्यक्षमा रन्धिर कुमार यादव निर्वाचित भएका छन्।
अधिवेशनले मधेस प्रदेशका स्वास्थ्यकर्मीहरूको हकहित, पेसागत अधिकार र स्वास्थ्य सेवा सुधारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित अध्यक्ष यादवले स्वास्थ्यकर्मीबीच एकता र संगठन सुदृढ गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन फोरम निरन्तर सक्रिय रहने बताए।
