आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय खटाइने : गृहमन्त्री लेखक

Avatar photo दिशा निर्देश १५ भाद्र २०८२, आईतवार १०:३९ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन्।

शनिबार साँझ वीरगञ्ज पुगेका गृहमन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा पुगेर संक्रमितको स्वास्थ्य अवस्थाबारे अवलोकन गरेका हुन्।

हैजा महामारी नियन्त्रणका लागि सरकारले आवश्यक सबै कदम चालेको बताउँदै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको जानकारी दिए।

‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ,’ मन्त्री लेखकले भने, ‘आवश्यक परेमा तत्काल जनशक्ति, औषधि तथा चिकित्सक टोली अस्पतालमा उपलब्ध गराइनेछ।’

उनले महामारी नियन्त्रणका लागि विशेषज्ञसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना चिकित्सकलाई प्रभावित क्षेत्रको वस्तुगत अवस्था बुझ्ने जिम्मेवारी दिइएको पनि बताए।


सम्बन्धित खबरहरु