आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हालसम्म ५१७ जना हैजाका संक्रमित निको भई घर फर्किए

Avatar photo दिशा निर्देश १४ भाद्र २०८२, शनिबार १४:५५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला तथा हैजाका केसहरू तीव्र गतिमा बढिरहेका छन् । स्वास्थ्य कार्यालय, पर्साले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म जिल्लाभरि ७१२ जना संक्रमित दर्ता भएको जनाएको छ।

तीमध्ये ३३ जना बिरामी आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचाररत छन्। हालसम्म ५१७ जना निको भई घर फर्किएका छन् भने १९५ जना अझै उपचाररत रहेको कार्यालयले जनाएको छ।
यस्तै, हैजा सम्बन्धी परीक्षण (RDT) अनुसार हालसम्म १६२ केस पोजिटिभ देखिएका छन्। तिनमध्ये १०१ जना डिस्चार्ज वा अन्यत्र रिफर भइसकेका छन् भने ६२ जना अझै उपचाररत छन्।
स्वास्थ्य कार्यालयका अनुसार साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए। भदौ ५ गते पहिलो पटक हैजाको केस पुष्टि भएपछि संघीय तथा प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्य संस्थान र अन्तर्राष्ट्रिय सहयोगी निकायको समन्वयमा नियन्त्रण तथा जनचेतनामूलक अभियान सुरु गरिएको हो।

सम्बन्धित खबरहरु