आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा सङ्क्रमित ६४ जना उपचाररत, अवस्था सामान्य

Avatar photo दिशा निर्देश १२ भाद्र २०८२, बिहीबार १०:०५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजा सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ती सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य छ।

डा. दासका अनुसार भदौ ६ गतेदेखि ११ गतेसम्म नारायणी अस्पतालमा झाडापखालाका २२६ बिरामी भर्ना भएका थिए। तीमध्ये १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् भने ६ जनाको सघन उपचारकक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

बुधबार साँझसम्म ११० जनामा गरिएको ‘कोलेरा आरडिटी’ परीक्षणमा ४८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। आरडिटी पोजिटिभमध्ये १५ जनाको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा १२ जनामा ‘भिब्रिओ कोलेरा’ पाइएको अस्पतालले जनाएको छ।


सम्बन्धित खबरहरु