आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा फैलिएको महामारी हैजा नै भएको पुष्टि

Avatar photo दिशा निर्देश १० भाद्र २०८२, मंगलवार १५:३९ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । वीरगञ्जमा फैलिएको प्रकोप हैजा नै भएको पुष्टि भएको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका वीरगञ्जमा उपचाररत बिरामीको स्टुल (दिसा)को नमुनाहरूमा हैजाको सङ्क्रमण भएको पुष्टि भएको हो ।

प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नमुनाको रिपोर्ट भने बुधवार आउने भट्टे बताए ।

राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले वीरगञ्जका अस्पतालबाट प्राप्त बिरामीको दिसाहरूको नमुना परीक्षण गरेको हो । प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रतिशत भन्दा बढीमा हैजा पुष्टि हुनुले समुदाय स्तरमा हैजा फैलिरहेको सङ्केत गरेको डा. भट्टले बताए ।


सम्बन्धित खबरहरु