आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा नियन्त्रण: मन्त्री पौडेल नारायणी अस्पतालमा बहुपक्षीय बैठक बाेलाए

Avatar photo दिशा निर्देश ९ भाद्र २०८२, सोमबार १३:०४ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सोमबार दिउँसो साढे १ बजे हैजाको सङ्क्रमण फैलिएको वीरगञ्जको नारायणी अस्पतालमा बहुपक्षीय बैठक गर्न लागेका छन्। सचिवालयका अनुसार, बैठकमा वीरगञ्ज महानगरपालिकामा जनस्वास्थ्य स्थितिको अनुगमन र द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालनसम्बन्धी विषयहरू छलफल गरिनेछ।

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएको पुष्टि भए पनि अहिलेसम्म यसको स्रोत पत्ता लाग्न सकेको छैन। गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिन थालेका छन्।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेका छन्। स्वास्थ्य अधिकारीहरूले संक्रमण फैलिन नदिन तत्काल नियन्त्रण तथा रोकथामका उपायहरू लागू गरिरहेको जानकारी दिएका छन्।

मन्त्री पौडेलको बैठकले हैजाको स्रोत पहिचान, बिरामीको उपचार, र समुदायस्तरमा द्रुत स्वास्थ्य प्रतिकार्यका लागि आवश्यक कदम तय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु