काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि आगामी असोज ५ गते सकिने भएको छ । सामूहिक लगानी कोषलाई बाँडिएका १ लाख २५ हजार ५०० कित्ता शेयर उक्त मितिदेखि कारोबारयोग्य हुनेछन् ।
कम्पनीले हालै २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो । नियमअनुसार सामूहिक लगानी कोषलाई बिक्री भएका शेयरको लकइन अवधि ६ महिनामा सकिने हुँदा असोज ५ गतेदेखि खुला हुने हो ।
यद्यपि संस्थापक, कर्मचारी र आयोजना प्रभावित समूहका लागि बाँडिएका शेयर भने तीन वर्षसम्म लकइन अवधिभित्र रहनेछन् ।
