आज:  | Tue, 21, Apr, 2026

सूचना अधिकारीहरू स्वयंलाई नै सूचना नपाएको गुनासो

Avatar photo दिशा निर्देश ४ भाद्र २०८२, बुधबार ०९:४३ मा प्रकाशित (८ महिना अघि)

खोटाङ । खोटाङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरूले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना नपाएको गुनासो गरेका छन् ।

दिक्तेलमा आयोजित सूचनाको हकसम्बन्धी छलफल कार्यक्रममा सहभागी सूचना अधिकारीहरूले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले भने, “म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ ।”

नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति निकालिने गरेको कटु यथार्थ सुनाए ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक हक भएकाले पत्रकार तथा आम नागरिकले चाहेको समयमा सूचना उपलब्ध गराउन कुनै पनि कार्यालयले आनाकानी गर्न नहुनेमा जोड दिइन् ।

(रासस)


सम्बन्धित खबरहरु