आज:  | Tue, 21, Apr, 2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी सफल

Avatar photo दिशा निर्देश २० श्रावण २०८२, सोमबार २०:४८ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं, १९ साउन — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बाँकी ३८.८३ प्रतिशतले ग्रेड प्राप्त गर्न सकेनन्।

नतिजा विवरणअनुसार १३ हजार ५०२ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। त्यसैगरी ५५ हजार ८९६ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका छन्।

बोर्डले ग्रेड वृद्धि (ग्रेड इम्प्रुभमेन्ट) परीक्षा भदौ २८ र २९ गते हुने जानकारी गराएको छ।

यस वर्षको परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने भनिए पनि शिक्षक आन्दोलनका कारण परीक्षा वैशाख २१ गतेबाट सुरु गरिएको थियो।


सम्बन्धित खबरहरु