आज:  | Tue, 21, Apr, 2026

सुनको भाउमा एकैदिन ३४ सय रुपैयाँको उछाल, चाँदी पनि महँगियो

Avatar photo दिशा निर्देश १९ श्रावण २०८२, आईतवार ११:४४ मा प्रकाशित (८ महिना अघि)

१८ साउन, काठमाडौं – आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँमा पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजीपछि आज बजारमा सुनको कारोबार उक्त मूल्यमा भइरहेको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य २ हजार २ सय ३५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुनको मूल्य प्रतिऔंस ३३६४ अमेरिकी डलर रहेको छ, जुन विगतका दिनको तुलनामा उच्च मानिन्छ।


सम्बन्धित खबरहरु