काठमाडौं, साउन १३ — मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ थियो। मूल्य घटेसँगै सुनको कारोबारमा केही स्थिरता देखिएको व्यवसायीहरूको भनाइ छ।
उता चाँदीको मूल्य भने उल्टो दिशामा गएको छ। सोमबार तोलामा २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँ पुगेको छ।
धातु बजारमा देखिएको यो उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर, माग–आपूर्ति र आर्थिक अस्थिरताको संकेतस्वरूप लिइएको छ।
