आज:  | Tue, 21, Apr, 2026

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Avatar photo दिशा निर्देश १२ श्रावण २०८२, आईतवार १०:३८ मा प्रकाशित (८ महिना अघि)

काठमाडौँ, ११ साउन — संघीय संसद अन्तर्गत पाँच विषयगत समितिहरूको बैठक आइतबार सिंहदरबारमा बस्दै छन्। बैठकहरूमा बजेट, विधेयक, प्रतिवेदन र निर्माण कार्यको प्रगति लगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।

आज बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२/०८३ को बजेट सिफारिस र सुझावबारे छलफल हुनेछ। त्यस्तै आयोगले बजेट निर्माणको क्रममा भोगेका समस्या, चुनौती तथा समितिमा प्राप्त उजुरीहरूबारे पनि आयोगसँग प्रत्यक्ष संवाद गरिने समितिले जनाएको छ।

आज दिउँसो १ बजे बस्ने उक्त समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ मा दर्ता गरिएका संशोधनहरूबारे संशोधन प्रस्तावक सांसदहरूसँग छलफल हुनेछ।

मिडिया काउन्सिल विधेयक, २०८० का सन्दर्भमा विज्ञहरूसँग अन्तर्क्रिया तथा छलफल गर्ने उद्देश्यसहित समितिको बैठक आजै बस्दैछ। बैठकको समय र स्थान समितिले आन्तरिक रूपमा तय गर्नेछ।

पाँचौं बैठकअन्तर्गत समितिको ४६औं बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा महालेखापरीक्षकको ६१औं र ६२औं वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ।

संयुक्त समितिको सत्रौं बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा निर्माणाधीन संघीय संसद भवनको हालको प्रगति, कार्यतालिका र कार्यान्वयन सुनिश्चिति गर्ने सम्बन्धमा मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ।


सम्बन्धित खबरहरु