आज:  | Tue, 21, Apr, 2026

गायक टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ असोज २१ मा प्रदर्शन हुँदै

Avatar photo दिशा निर्देश २८ असार २०८२, शनिबार १०:४७ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं – गायक टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ असोज २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

वितरक कम्पनीहरुको सल्लाहमा यसको प्रदर्शन मिति तय भएको निर्माण पक्षले बताएको छ । अहिलेको अवस्थामा असोज २१ लाई प्रदर्शन मिति तोक्ने यो एक्लो फिल्म हो ।

यो मितिबाट सौगात मल्ल स्टारर फिल्म ‘कल्ली’ फागुन १ मा सरेको छ । अर्थात्, ‘मन बिनाको धन’ले सोलो रिलिज पाउने देखिन्छ ।

यस फिल्ममा गायक अशोक दर्जी शीर्ष भूमिकामा छन् । उनीसहित फिल्ममा सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्धि तामाङलगायतको अभिनय रहने बताइएको छ ।

सडकमा गीत गाउने क्रममा भाइरल भएका अशोकलाई टंकले संरक्षणमा काठमाडौंमा पढ्दैछन् । टंक र अशोकको चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बाट यो फिल्मको नाम राखिएको हो ।

सामाजिक विषय बनेको यस फिल्मक कथा टंक बुढाथोकी आफैँले लेखेका हुन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्मको निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।


सम्बन्धित खबरहरु