आज:  | Sun, 19, Apr, 2026

चिकित्सक आन्दोलन समाधानका लागि प्रधानमन्त्री ओलीद्वारा तीन मन्त्रीलाई वार्ताको जिम्मेवारी

Avatar photo दिशा निर्देश २४ असार २०८२, मंगलवार १८:०४ मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज, असार २४ — आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरी समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई विशेष जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियालाई वार्ताका लागि खटाएका हुन्।

एक मन्त्रीले दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओलीले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरी समस्या समाधान गर्ने स्पष्ट कार्यादेश दिएका छन्। आजै चिकित्सक प्रतिनिधिहरूसँग अनौपचारिक छलफल भइसकेको र सहमतिको प्रयास थालिएको बताइएको छ।

उपभोक्ता अदालतको एक फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू देशभर आन्दोलित छन्। आन्दोलनका कारण विभिन्न अस्पतालका सेवा प्रभावित भएका छन्।

सरकार वार्ता र समझदारीमार्फत समस्या समाधान गर्ने दिशामा अघि बढेको जनाएको छ।


सम्बन्धित खबरहरु