आज:  | Tue, 21, Apr, 2026

एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

Avatar photo दिशा निर्देश १३ असार २०८२, शुक्रबार २०:३७ मा प्रकाशित (९ महिना अघि)

यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।

यस्तै बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईईमा ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यस वर्षकाे एसईई परीक्षा गएकाे चैत ७ गते शुरू भई १९ गते सकिएकाे थियाे । एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.ekantipur.com

www.see.edusanjal.com

see.eswea.com.np

https://khalti.com/app

collegeinfonepal.com/see

https://theconnectplus.com

www.12khari.com

https://www.collegesnepal.com/see_result/

https://bit.ly/GetNcellApp

https://swifttech.com.np/see-result/

https://resultneemaacademy.com

see.mypay.com.np


सम्बन्धित खबरहरु