आज:  | Tue, 21, Apr, 2026

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच सम्झौता । 

Avatar photo दिशा निर्देश २८ जेष्ठ २०८२, मंगलवार १९:४६ मा प्रकाशित (१0 महिना अघि)

जोतीलाल पंडित

वीरगञ्ज,२७जेठ । नेशनल मेडिकल कलेज,वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

 

अब नेपाल प्रहरीका कार्यरत बहालवाला, भूतपूर्व, नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरूले मेडिकलमा विभिन्न स्वास्थ्य सेवामा शुल्क छुट प्राप्त गर्ने छन् । सम्झौतामा कलेजका प्रबन्धक निर्देशक शहानवाज अन्सारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरिक्षक गौतम मिश्रले हस्ताक्षर गरेका छन्।

 

सम्झौता अनुसार नेपाल प्रहरीका कर्मचारीलाई ओपीडी टिकटकमा ५० प्रतिशत छुट, बेड, केविन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २५ प्रतिशत छुट र भिडियो एक्सरे, एक्सरे, ईसीजी जस्ता सेवामा २५ प्रतिशत छुट दिइने छ।

 

त्यस्तै, भूतपूर्व नेपाल प्रहरी कर्मचारी र उनीहरूको आश्रित परिवारजनलाई पनि ओपीडी टिकटकमा ५० प्रतिशत, बेड र अन्य सेवामा २० प्रतिशत छुट प्रदान गरिने कलेजले जानकारी दिएको छ। यो सुविधा प्राप्त गर्न परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरिक्षक गौतम मिश्र तथा कलेजका तर्फबाट प्रबन्धक निर्देशक शहानवाज अंसारले हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरेर सम्झौताको औपचारिक सुरुआत गरेका थिए ।

 

सहमति पत्रमा साक्षीको रुपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक सुबास भट्ट र कलेजका मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अंसारीको हस्ताक्षर रहेको छ ।

 

सम्झौता मिति जेठ २७ गतेबाट पाँच वर्ष सम्मको लागि गरिएको नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जेनुद्दिन अंसारीले बताए ।

 

नेपाल प्रहरीमा कार्यरत बहालवाला, भूतपूर्व , नेपाल प्रहरी कर्मचारीहरु तथा उनीहरुका आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य सेवामा शुल्क छुट पाउदा हर्षित भएको उनले बताए ।


सम्बन्धित खबरहरु