आज:  | Tue, 21, Apr, 2026

वीरगन्जमा कार दुर्घटना : एकको मृत्यु, तीन गम्भीर घाइते

Avatar photo दिशा निर्देश २६ जेष्ठ २०८२, आईतवार १८:३६ मा प्रकाशित (१0 महिना अघि)

वीरगन्ज, २५ जेठ – वीरगन्जमा आइतबार अपराह्न एक कार दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका–१४ स्थित पिपराको रेनुका पेट्रोल पम्प नजिक दिउँसो करिब ३:१५ बजेको समयमा गण्डक चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भारत बिहारको नरकटीयागञ्ज निवासी अन्दाजी ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त कारमा सवार सोही स्थानका ४० वर्षीय चालक गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र २१ वर्षीय अर्को बिटु सर्राफ गम्भीर घाइते भएका छन्। उनीहरूलाई बाराको नौतननस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवाष भट्टका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित खबरहरु