आज:  | Tue, 21, Apr, 2026

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि सामान्य छलफल हुने

Avatar photo दिशा निर्देश २४ जेष्ठ २०८२, शुक्रबार ०९:२३ मा प्रकाशित (१0 महिना अघि)

काठमाडौं — सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुने कार्यतालिका तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने कार्यक्रम रहेको छ। सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसद्मा पेस गर्ने कार्यसूची रहेको छ।

उता, राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।


सम्बन्धित खबरहरु