जनकपुर — मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेशसभामा मधेस प्रदेशकी प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।
मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहनप्रसाद साहका अनुसार कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तयार गरिएको छ।
उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई केन्द्रमा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार पारिएको छ। यी क्षेत्रहरूमा परिणाममुखी योजना ल्याई प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउने सरकारको उद्देश्य रहेको छ ।
